तस्बिर– हेटौँडा उपमहानगरपालिका

मकवानपुर, ४ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्रमा अब एनएमबी बैँकको मोबाईल एप प्रयोग गरी अनलाईन मार्फत नै पानीको महशुल तिर्न सकिने भएको छ । यसअघि नै विभिन्न एपमार्फत खानेपानीको बिल अनलाईनबाटै भुक्तान गर्न मिल्ने भएता पनि यस पटक भने हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका ग्राहकले एनएमब्री बैँकको मोबाईल एपमार्फत खानेपानीको शुल्क भुक्तानी गर्न मिल्ने भएको हो ।

बुधबार बोर्डका अध्यक्ष प्रताप बिष्ट र बैँकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश उपाध्यायले सम्झौतापत्रमा हस्ताक्षर गरेपछि यो सेवा सुरु भएको हो । एनएमबी बैँकसँग सम्झौता भएसँगै बोर्डका २७ हजार ग्राहकले लाभ उठाउने मौका पाएका छन् ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले खानेपानीको महशुल अनलाईनमार्फत भुक्तानी गर्न मिल्ने मोबाईल एप सार्वजनिक गर्नुभएको थियो ।