मकवानपुर, ६ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित २ चर्चित शैक्षिक संस्थाबिचको बाटोको विषयलाई लिएर फेरि विवाद चर्किएको छ । नेपालकै चर्चित विद्यालयहरुमध्येको एक आधुनिक राष्ट्रिय मावि र हेटौँडा क्याम्पसबिच बाटो प्रयोग गर्ने विषयमा विवाद देखिएको हो ।
हुन त यो विवाद नयाँ भने होईन । आधुनिक माविले यो बाटो हेटौँडा क्याम्पस बन्नुअघिदेखि नै भोगचलन गर्दै आएको दाबी गर्दै आएको छ भने क्याम्पसले उक्त जग्गा क्याम्पस मातहत भएकोले त्यसलाई कसरी प्रयोग गर्ने भन्ने अधिकार क्याम्पसलाई हुनुपर्नेमा जोड दिँदै आएको छ । पारिजातपथबाट हेटौँडा क्याम्पस प्राङ्गण हुँदै आधुनिकको गेटसम्म पुग्ने यो बाटोमा अहिले आधुनिक माविले ईन्टरलक राखेर स्तरोन्नत्ति गर्ने क्रममा फेरि विवाद भएको हो । यी दुई संस्थाबिच विभिन्न समयमा छलफल भएता पनि यसबारे एकिन निर्णय हुन सकेको छैन ।

लामो समयदेखि बाटोमा ग्रेबल समेत गर्न नपाएपछि विद्यार्थीहरुलाई बाटो हिँड्न गाह्रो र हिलो भएको भन्दै आधुनिक माविले केही दिनअघि ईन्टरलक हाल्ने तयारी गरेको थियो । तर त्यसमा हेटौँडा क्याम्पसबाट अवरोधभएपछि आधुनिक राष्ट्रिय मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद समिमले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेखेपछि विवाद बाहिर आएको हो । उनले आफ्नो स्टाटसमा हेटौँडा क्याम्पसले बाटो बनाउन रोक लगाउँदा विद्यार्थीहरु र शिक्षकहरुसमेत दुर्घटनामा परेको उल्लेख गरेका छन् ।

यता हेटौँडा क्याम्पसले भने बाटो आफुहरुले नै निर्माण गर्ने आश्वासन दिँदै आएको त्यहाँका शिक्षकहरु बताउँछन् । हेर्नुहोस् समिमको स्टाटस–










