फोटो फाइल

मकवानपुर, १३ पुस । हेटौँडाबाट कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्डहुँदै काठमाडौँ जाने सडकखण्ड २ महिनाका लागि बन्द हुने भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको कार्यालयले आज एक सूचना जारी गर्दै सडकमा सवारी आवजत जावत बन्द हुने जानकारी गराएको हो ।

इन्द्रसरोवर गाउँ कार्यपालिकाअन्तर्गत कुलेखानी,फाखेल,हुमाने,फर्पिङ सडक खण्ड हुँदै काठमाडौँ जाने सडक खण्ड २०८० पौष १६ गतेदेखि फागुन १५ गतेसम्म बन्द रहने भएको हो।

यस सडक खण्डमा निरन्तर चलिरहेको सडक मर्मत,निर्माण तथा स्तरोन्नतिको कार्यलाई अझ प्रभावकारी ढङ्गमा सम्पन्न गर्नको लागि सो सडकबाट चल्ने सम्पूर्ण सवारी साधनहरू पूर्णरुपमा आवतजावत बन्द रहने गाउँपालिकाले जनाएको छ । सो समयावधिभित्र वैकल्पिक सडकको प्रयोग गरी आवागमन गर्न गराउन आग्रह पनि सुचनामा उल्लेख गरिएको छ। हेर्नुहोस् सूचना–