मकवानपुर, १५ पुस । मकवानपुरको मकवानपुरगढी गाउपालिका वडा नम्बर ३ स्थित श्री भानु माध्यमिक विद्यालयको ४० औं अभिभावक भेला शनिबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानकुमारी पाख्रिनको सभाध्यक्षतामा भेला सम्पन्न भएको हो । भेलासँगै अध्यक्ष पाख्रिनको कार्यकाल पनि सकिएको छ ।

आफ्नो कार्यकालमा विद्यालयको भौतिक पूर्वाधार तर्फ ३२ कोठे पक्की भवन निर्माण, विद्यालय बसको व्यवस्था, ३५ कम्प्युटरसहितको आईटी ल्याब लगायतका कार्यहरु भएको अध्यक्ष पाख्रिनले बताउनुभयो । त्यस्तै गाउँपालिकाकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयमा खेलकुद तथा अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट हुन सफल भएको उहाँले दाबी गनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष पाख्रिनले आफ्नो कार्यकालमा मदत गर्ने पूर्व गाउँपालिका अध्यक्ष तथा अन्य व्यक्तित्वहरुप्रति आभार व्यक्त गर्नुभएको थियो ।