जी. न्यौपाने
मकवानपुर, १५ पुस । हेटौंडा ११ सिमलटारमा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । ऋतमभरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानद्धारा सञ्चालित पुननर्वा अस्पतालको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरिएको हो ।

शिविरमा हाड तथा जोर्नी दुख्ने नसा सम्बन्धी विभिन्न रोगहरु, प्रेसर, सुगर, थाइराइड जस्ता विभिन्न रोगहरुको उपचार गरिएको हो । स्वास्थ्य शिविरमा महिला तथा पुरुष गरि करिव १ सय २० जनाले स्वास्थ्य उपचार गराएका थिए ।

अस्पतालका संयोजक मनोजकुमार सुवेदीको सभाध्यक्षतामा भएको स्वास्थ्य शिविरमा सिमलटार टोल विकास संस्थाका अध्यक्ष सुर्यमान लामाको प्रमुख आतिथ्यता रहेको थियो । प्राकृतिक डा. प्रभाकर दुवे, थेरापी डा.एलिसा पौडेल लगायतका टिमले स्वास्थ जा“च गराएका थिए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष लालित बस्नेत, संचालक धु्रवबहादुर भुजेल, पातन्जल योग समितिका केन्द्रीय सदस्य यादव गजुरेल लगाएतको उपस्थितिमा शिविर भएको हो । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा भएको शिविर संचालनमा सिमलटार टोल विकास संस्थाका पूर्व सदस्य सुन्दरलाल श्रेष्ठले संयोजन गरेका थिए ।