जी. न्यौपाने
मकवानपुर, २४ पुस । लालीगुराँश साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा मीरा स्याङ्तान चयन हुनुभएको छ । संस्थाको दशौँ साधारण सभा तथा तेस्रो अधिवेशनले स्याङ्तानलाई अध्यक्ष पदमा चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा मानकुमारी शिवभक्ति तथा सदस्यहरुमा मनमाया रुम्बा, पूण्यप्रसाद भण्डारी, भुवनसिंह घलान, सम्झना रुम्बा, निर्मला गोङ्बा, विष्णुमाया रुम्बा लगायतका चयन भएका छन् ।
कैलाश गाउँपालिका वडा नम्बर ९ मा भएको कार्यक्रममा सहकारीकी अध्यक्ष सरस्वती बर्तौलाको सभाध्यक्षता तथा कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।
अध्यक्ष पदमा चयन भएका स्याङ्तान किसान महासंघ बागमती प्रदेशका अध्यक्ष, राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको मकवानपुर जिल्ला अध्यक्ष, नेपाली काँग्रेस मकवानपुरको महाधिवेशन प्रतिनिधि, नेपाल–भारत विश्व मैत्री संघकी मकवानपुर जिल्ला उपाध्यक्ष लगायतका विभिन्न पदमा रहनुभएको छ ।










