मकवानपुर, २८ पुस । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित परिचय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सकारीले गत अर्थिक वर्षमा दश करोड २८ लाख ७१ हजार ८ सय रुयौँया कर्जा सापटी अर्थात ऋण लगानी गरेको साधारण सभामा जानकारी दिइएको थियो ।
संस्थाले गत आ.व.मा ४ सय ७४ शेयर सदस्यबाट ३ करोड २५ लाख ३० हजार १ सय रुपैँया शेयर पुजी संकलन गरेको व्यवस्थापक सुशान्त मिल्सिनाले जानकारी दिए । सहकारीले अघिल्लो आ.व.मा ३३ लाख २४ हजार ३ सय खुद नाफा आर्जन गर्न सफल भएको लेखा समिति संयोजक विष्णुप्रसाद न्यौपानेले जनाएका छन् ।
साधारण सभाको अवसरमा सहकारीले विभिन्न विधामा संस्थाका कर्मचारी, उत्कृष्ठ शेयर सदस्य, बचत कर्ता तथा असल ऋणीलाई नगदसहित सम्मान गरेको छ । कार्यक्रममा उत्कृष्ठ कर्मचारी अन्तर्गत दिपक अर्याल, उत्कृष्ठ परिचय बोनस बचत लखपति बचत कर्ता ज्ञानुमाया तामाङ, पुष्पराज गौतम र राजुकुमार बानिया लाई सम्मान गरेको थियो । त्यस्तै उत्कृष्ठ विशेष बाल बचततर्फ श्रद्धा दहाल, उत्कृष्ठ परिचय व्याबसायिक बचततर्फ कुशल पोख्रेल, अमोद बानिया र सुजित घिमिले रहेका छन् । उत्कृष्ठ परिचय आबधिक बचततर्फ प्रमिला दली र मातृका काफ्ले रहेका छन् ।
त्यसै गरि उत्कृष्ठ परिचय नारी बचततर्फ मुणिमा खड्का तथा असल कारोबारीतर्फ बिष्णु पुडासैनी, ओमप्रकाश खतिवडा, निरज गुरुङ सम्मानित भएको व्यावस्थापक तिमल्सीनाले जानकारी दिए ।
संस्थाका अध्यक्ष दिपक तिमिल्सीनाको सभाध्यक्षतामा भएको साधारण सभामा हेटौंडा उपमहानगरपालिकाका उप–प्रमुख राजेश बानियाको प्रमुख आतिथ्यता रहेको थियो ।