फाईल तस्बिर

मकवानपुर, २ माघ । हेटौँडाको बुद्धचोकमा आज राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।भूकम्प सुरक्षा दिवस मूल समारोहले कार्यक्रम आयोजना गरेको हो ।

भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षित आवास निर्माणबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरकारले हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । हरेक वर्ष माघ २ गते यो दिवस मनाउने गरिन्छ । यसपालि ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराकासाथ २६ औँ भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजदेखि तीन दिनसम्म राष्ट्रिय गोष्ठी पनि हुनेछ ।