मकवानपुर, ६ माघ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर २ स्थित एक विद्यालयका विद्यार्थीहरुलाई जाडोका लागि न्यानो कपडा वितरण गरिएको छ ।

बकैया २ कालापानीस्थित भूमेश्वरी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई कपडा वितरण गरिएको हो ।

शनिबार एस्थर बेन्जामिन स्मृति प्रतिष्ठानले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको जिमाकुमारी जिम्बाले जानकारी दिनुभयो । न्यानो कपडा वितरणसँगै विद्यार्थीहरुलाई विद्यालयमा अध्ययनका लागि आउन केही सहज भएको अभिभावकहरुले बताएका छन् ।