मकवानपुर, ८ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ सिग्रेनीस्थित प्रतिभा आधारभुत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । हेटौँडा–४ स्थित पुनर्नवा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।
प्राकृतिक उपचार पद्धत्ति अपनाउदै आएको अस्पतालद्वारा संचालित शिविरमा नसा तथा बाथरोग, हाडजोर्नी रोग लगायत विभिन्न बिरामीहरुको स्वास्थ्य जाँच गरिएको अस्पतालका अध्यक्ष मनोज सुवेदीले जानकारी दिए ।
शिविरमा अस्पतालका प्रमुख डाक्टर प्रभाकर दुबेसहितको टोलीले सेवाग्राहीहरुको स्वास्थ्य जाँच गरेका थिए । अस्पतालले विशेषगरी हरेक शनिबार मकवानपुरका विभिन्न क्षेत्रहरुमा निःशुल्क स्वास्थ्य जाँच सेवा संचालन गर्दै आईरहेको छ ।










