मकवानपुर, १० माघ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ५ फुर्के बस्ने ठूलीमाया रुम्बा सुतिरहेकै अवस्थामा मृत फेला परेकी छिन् ।
उनी आफ्नै घरमा सुतेको ठाउँमा मृत अवस्थामा फेला परेकी हुन् । उनको शव पोष्टमार्टमका लागि काठमाडौँको टिचिङ अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।










