मकवानपुर, १५ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ हटिया, शक्तिखोलास्थित विपि प्राथमिक विद्यालयमा विविध शैक्षिक कार्यक्रमको आयोजना गरिएको छ ।
विद्यालयको वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुको क्षमता अनुसार तातो आलु, बेलुन फुटाई, चित्रकला, हाजिरी जवाफ लगायतका प्रतियोगिताहरु संचालन गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारसिंह वाईबा र प्रधानाध्यापक ठाकुरप्रसाद नेपालको उपस्थितिमा कार्यक्रम भएको हो । कार्यक्रममा प्रथम, द्वित्तिय र तृतिय हुने विद्यार्थीहरुलाई विविध पुरस्कार प्रदान गरिएको थियो ।










चन्द्र घलान 