मकवानपुर, २६ माघ । मकवानपुरको हेटौँडामा प्रथम वृहत वडा स्तरिय खेलकुद प्रतियोगिता २०८० काृ उद्घाटन गरिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयको आयोजनामा गरिएको प्रतियोगिताको उद्घाटनको अवसरमा हेटौँडामा विशाल र्याली निकालिएको थियो ।
शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा हुँदै गरेको कार्यक्रमको र्यालीमा हेटौँडाका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरु ब्यानर सहित सहभागी भएका थिए । हुप्राचौरबाट सुरु भएको र्यालीले नगर परिक्रममा गरी हुप्राचौरमै पुगेर सभामा परिणत भएको थियो ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका पूर्व मेयर हरिबहादुर महत, हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष नविन सिग्देल, १० नम्बर वडाका वडाअध्यक्ष फुर्वादोर्जे लामा लगायतको आतिथ्यता रहेको थियो ।










