मकवानपुर, २६ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका १५ नम्बर वडा कार्यालयको आयोजनामा वडा स्तरीय वृहत शैक्षिक महोत्सव २०८० हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै मेलाबारे जानकारी दिइएको हो ।

महोत्सव हेटौँडा १५ स्थित वनदेवी आधारभुत विद्यालयमा हुने जनाइएको छ । महोत्सवमा भलिबल, बास्केटबल, हाईजम्प, लङजम्प लगायतका खेलकुदका साथै कविता वाचन, वक्तृत्वकला, वृत्तचित्र प्रदर्शन लगायतका विभिन्न मनोरञ्जनात्मक गतिविधिहरु ग्रिने १५ नम्बर वडा अध्यक्ष सुनिल मुक्तानले जानकारी दिए ।
महोत्सव फागुन ७ देखि ९ गतेसम्म संचालन हुनेछ ।










