मकवानपुर, २६ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित टिसिएन चौरमा माघ २७ गते शनिबार तामाङ साँस्कृतिक महोत्सव आयोजना हुने भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा महोत्सव हुन थालेको हो ।

मञ्जुश्री सम्वत् २८६० डुक (मु, पुख्री ल्हो) मेघ वर्ष सोनाम ल्होछारको अवसरमा बिहान ११ बजेदेखि टिसिएन चौरमा हुने महोत्सव मकवानपुर तामाङ कलाकार संघ हेटौँडाको समन्वयमा हुन लागेको हो ।

महोत्सवमा तामाङ भेषभुषा र मौलिक खानाका परिकारहरुको प्रदर्शनी, लामा बोम्बोसहितको र्याली तथा झाँकी प्रदर्शन तथा चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ ।