जी. न्यौपाने, मकवानपुर, २७ माघ । मकवानपुरको हेटौँडामा ट्राफिक सप्ताह कार्यक्रम चलिरहेको छ । ट्राफिक सप्ताहको तामझामसहित उद्घाटन गरियो । हेटौँडाको मुटुमा रहेको चौबाटोको ४ वटा जेब्रा क्रसिङबाट पैदलयात्रुहरु बाटो काटिरहेका हुन्छन् ।

पैदलयात्रुहरुले झुक्किएर जेब्रा क्रसिङ बाहेक अन्य ठाउँबाट बाटो काट्दा ट्राफिक प्रहरीले र्याखर्याख पार्छन् । तर पैदल यात्रुहरुले जेब्रा क्रसिङबाट बाटो काट्दा पनि अन्य सडक जस्तै सवारी साधनलाई जान दिएर मात्रै बाटो काट्नुपर्छ । जेब्रा क्रसिङको नियम पालना नै नगरी पैदल यात्रुहरुको बेवास्ता गर्दै चालकहरुले सवारी साधनहरु कुदाईरहेका हुन्छन् । ट्राफिक र प्रहरी दुबैको निगरानी रहने ठाउँमा पनि ट्राफिक र प्रहरी दुबैको ध्यान जान सकेको छैन ।

जेब्रा क्रसिङबाट बाटो काट्दा त सवारी साधन एकछिन रोकेर पैदल यात्रुको लागि बाटो काट्न दिने हो नि त ! लाईसेन्स दिनेबेलामा जेब्रा क्रसिङको बारेमा सिकाइएको हुन्छ तर पालना नहुनु हेपाहा प्रवृत्ति हो । हेर्नुहोस् तस्बिर–