सांकेतिक तस्बिर

मकवानपुर, २७ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरमा बेवारिसे अवस्थामा नवजात शिशु मृत फेला परेको छ ।नवलपुरस्थित उपयोगी सहश्राब्दी बचत तथा ऋण सहकारी संस्था नजिक नजिकै नवजात शिशु मृत अवस्थामा फेला परेको हो ।

भर्खरै जन्मेको जस्तो देखिने शिशु (छोरी) मृत फेला परेको खबर प्राप्त भएपछि प्रहरी टोलीले घटनास्थल सुरक्षित राखी घटनाको थप अनुसन्धान सुरु गरेको र शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको प्रहरीको भनाइ रहेको छ ।