मकवानपुर, २८ माघ । बागमती प्रदेश पातञ्जल योग समितिको तेस्रो अधिवेशन तथा छैटौँ साधारण सभा हेटौँडामा सम्पन्न भएको छ ।

पातञ्जल योग बागमति प्रदेशकी अध्यक्ष स्नेह ागिरीको सभाध्यक्षता र हेटौँडा उपमहागरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा जनप्रतिनिधिहरु हेटौँडा ११ की वडाअध्यक्ष जुना दाहाल, वडा सदस्य गोपिनी सापकोटा, विशिष्ट व्यक्तित्वहरु कृष्णबहादुर मिजार, सुदर्शन सुवेदी, नवराज काफ्ले लगायतको आतिथ्यता रहेको थियो ।

अधिवेशनले बागमती प्रदेशको नयाँ कार्य समिति समेत चयन गरेको छ ।