मकवानपुर, २८ माघ । मकवानपुरको बकैया गाउँपालिकामा बाघको आक्रमणबाट १९ वटा खसीबाख्रा मरेका छ्न् । बकैया गाउँपालिका–६ स्थित सुधामा बाघको आक्रमणबाट स्थानीय तीन कृषकका १९ वटा बाख्रा र खसी मरेको वडाअध्यक्ष फुलमान भोम्जनले जानकारी दिएका छन् ।

वडाअध्यक्ष भोम्जनका अनुसार आइतबार घर नजिकै पाखामा खसी बाख्रा चराउन छोडेको समयमा बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट स्थानीय डम्बर बहादुर भोम्जनको ११ वटा खसीबाख्रा, कान्छिमाया भोम्जनको ५ र गंगाराज भोम्जनको ३ वटा बाख्रा मरेको बताइएको छ ।

सबै बाख्राहरुको गर्धनमा आक्रमण भएको पाइएको छ। जसबाट किसानहरुको लाखौं रूपैयाँ बराबरको क्षति भएको वडाअध्यक्ष भोम्जनले बताए ।बाघको आक्रमणबाट हालसम्म मानवीय क्षति भने नभएको वडाध्यक्ष भोम्जनले जानकारी दिएका छन् ।