तस्बिर–बखानसिंह पाख्रिन

मकवानपुर, २९ माघ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा अवस्थित बाघभैरव सामूदायिक वन उपभोक्ता समूहको अध्यक्षमा गम्भिर न्यौपाने चयन भएका छन् । आइतबार समूहको २६ औँ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेसनले न्यौपानेको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा डोलप्रसाद भट्ट, सचिवमा पर्वत बुढाथोकी, सहसचिवमा मनमाया स्याङ्तान, कोषाध्यक्षमा पूर्णमाया भोम्जन चयन भएका छन् । त्यस्तै, समितिको सदस्यहरुमा रामप्रसाद चौरेल, बलराम भोम्जन, श्याम श्रेष्ठ, यदुकुमार घिमिरे, पार्वती कार्की चयन भएका छन् ।

समूहका अध्यक्ष हीराबहादुर स्याङ्तानको सभाध्यक्षतामा भएको सभामा वडा नम्बर २ का वडाध्यक्ष बखानसिं पाख्रीनको प्रमुख आतिथ्यता रहेको थियो ।