मकवानपुर, १ फागुन । मकवानपुरको भिमफेदी गाउँपालिका-२ भैंसेबाट अवैध लागूऔषध गाँजासहित एक जाा पक्राउ परेका छन् । करिब ३ किलो गाँजासहित कैलाश गाउँपालिका-१० बस्ने ३६ वर्षीय सिंह बहादुर स्याङ्ताङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा.३ ख २२९९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।