जी.न्यौपाने, मकवानपुर, १ फागुन । हेटौँडा उपमहानगरपालिकाले विविध कार्यक्रमको आयोजना गरेर ५५ औँ नगर स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रम उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको सभाध्यक्षता तथा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्री डाक्टर वेदुराम भुषालको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा उत्कृष्ट वर्ष कर्मचारी, उत्कृष्ट वडा, वडाका पूर्व अध्यक्ष तथा कार्यपालिका सदस्यहरु, टोल विकास संस्था, खेलाडीहरु, पत्रकारहरु, सामाजिक संघसंस्थाहरुले उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको थियो ।

कार्यक्रम स्थलमा कृषि तथा अन्य घरेलु उत्पादनका स्टलहरु राखेर प्रदर्शन गरिएको थियो ।