मकवानपुर, १ फागुन । लामो समयदेखि सामाजिक सेवामा क्रियाशिल हेटौँडा निवासी केदार प्रसाद चौँलागाईलाई हेटौँडा उपमहानगरपालिकाले सम्मान गरेको छ ।

हेटौँडा उपमहानगरपालिकाको ५५ औँ स्थापना दिवसका अवसरमा चौँलागाईलाई सम्मान गरिएको हो । सहयोगी मन नेपालका अध्यक्ष समेत रहेका चौँलागाईले कोरोना महामारीका समयमा विभिन्न क्षेत्रमा उल्लेखनिय सामाजिक कार्य गरेबापत सम्मान गरिएको हो ।

चौँलागाईलाईँ हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।