सांकेतिक तस्बिर

मकवानपुर, २३ पुस । मकवानपुरको बागमती गाउँपालिकामा खोलामा डुबेर एक जनाको मृत्यू भएको छ । आईतबार बागमती गाउँपालिका वडा नम्बर ४ निवासी गोपाल थिङको मृत्यू भएको हो ।

आईतबार साँझ ४ बजेको समयमा माछा मार्न भन्दै जाल लिएर खोलमा गएका गोपाल राति ९ बजेसम्मै घर फर्किएका थिएनन् । उनी घर नफर्किएपछि घरपरिवार र छरछिमेकी मिलेर खोजतलास गर्दा खोलामा डुबेर मृत्यू भएको अवस्थामा उनको शव फेला परेको वडा नम्बर ४ का पूर्ववडाअध्यक्ष रहरसिंह थिङले जानकारी दिनुभयो ।

अन्दाजी ३५ वर्षीय गोपालको शव बागमती गाउँपालिकाको झुरझुरे नजिकै बागमती खोलामा फेला परेको स्थानीय विवेक सिङ्तान तामाङले जानकारी दिएका छन् । घटनाको बारेमा बुझ्न प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको बुझिएको छ ।