जी. न्यौपाने, मकवानपुर, ८ फागुन । चलचित्र पत्रकार संघ नेपालको हेटौँडामा भईरहेको राष्ट्रिय भेला सम्पन्न भएको छ ।

हेटौँडाको पल्पसा सदनमा ३ दिनसम्म चलेको राष्ट्रिय भेलाले नयाँ आयाम थपेको संघका केन्द्रीय अध्यक्ष समिर बलामीले बताए । कार्यक्रममा देशैभरबाट २५० जना चलचित्र पत्रकारहरु सहभागी भएको आयोजकले जनाएको छ ।

संघको २५ वर्ष पुरा भएको अवसरमा हेटौँडामा पहिलो पटक भेला आयोजना गरिएको हो । कार्यक्रममा चलचित्र बोर्डका अध्यक्ष भुवन केसी, निर्माता नरेन्द्र महर्जन, विज्ञापन बोर्डका पदाधिकारीहरु र कलाकारहरुको उपस्थिति रहेको थियो ।