जी. न्यौपाने, मकवानपुर, ८ फागुन । ‘नेपाली चलचित्र नरहे कलाकार कहाँ रहला ? निर्माता कहाँ रहलान् ? निर्देशकको भूमिका के होला ?’ नायक तथा चलचित्र बोर्डका अध्यक्ष भुवन के.सी. को प्रश्न छ । चलिचत्र पत्रकार संघ नेपालले हेटौँडामा आयोजना गरेको विशेष संवाद कार्यक्रममा विशिष्ट अतिथिका रुपमा हेटौँडा आएका के.सी.ले यस्तो प्रश्न गरेका हुन् ।

उनले चलचित्र निर्माणको लागि इन–डोर स्टुडियो नभएकोले चलचित्र निर्माणमा कठिनाई भइरहेको बताए । नेपाली चलत्रिको बजार प्रवद्र्धन बाहिरी चलचित्रको जस्तो नभएकोले पनि निर्माता, निर्देशक, कलाकारहरुलाई समस्या भएको जिकिर गरे ।

हेटौँडालाई टुरिजम क्षेत्र निर्माण गर्न र चलचित्र निर्माणको लागि चाहिने इन–डोर स्टुडियोको लागि पूर्व तयारी साथ आए जग्गा उपलब्ध गराउने प्रतिवद्धत्ता हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले गर्नुभयो । लामाले यसको लागि पूर्ण तयारी चलचित्र बोर्डले गर्नुपर्ने बताउनुभयो ।

यसैगरी बागमती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयका प्रमुख रेवती सापकोटाले चलचित्रको लागि नयाँ कानुन निर्माण भएको बताउनुभयो । उहाँले निर्माण भएको नयाँ कानुनले चलचित्र उद्योगलाई टेवा पुग्ने बताउनुभयो ।