मकवानपुर, ९ फागुन । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ ज्वालादेवीस्थित भित्री बाटोमा अटो पल्टिँदा चालकको ज्यान गएको छ । मृत्यू भएका अटो चालक ज्वालादेवी बस्ने करिब ३५ वर्षीय सुमन भन्ने देवी बहादुर घिमिरे रहेको त्यहाँबाट संचारकर्मी एमपी शर्माले जानकारी दिएका छन् ।
बुधबार बिहान करिब सवा ६ बजेको समयमा धादिङ बजारतर्फबाट ज्वालादेवी तर्फ आउँदै गरेको ना २ ह ५२६८ नम्बरको अटो अनियन्त्रित भई पल्टिएको हो । अटो पल्टिएर निधार टाउको चोट लागेपछि चालक घिमिरेलाई उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएको थियो । उनको उपचारका क्रममा बिहान करिब ७ बजेको समयमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।
अहिले घिमिरेको शव अस्पतालमै राखिएको छ । घटनाका विषयमा थप छानविन हुँदैछ । अटोमा दुधको क्यान पनि रहेको छ ।










