मकवानपुर, ९ फागुन । नेपाल बालकुमारी क्योकुशिन कराते संघको आयोजनामा फागुन ६ र ७ गते सम्पन्न चौथो ललितपुर महानगर मेयर कप राष्ट्रिय फुल कन्ट्रयाक्ट कराते प्रतियोगिता २०८० मा मकवानपुरका ४ खेलाडीहरुले सफलता हासिल गरेका छन् ।
प्रतियोगितामा मकवानपुर जिल्लाको प्रतिनिधित्व गर्दै सहभागी भएका प्रतियोगीहरुमध्ये महिला ४० केजी तौल समुहमा प्रनिशा भ्लोन तृतिय, रिदम थापा ४५ केजी तौल समुहमा द्वितीय ,रेस्मा थापा ५० के जी तौल समुहमा प्रथम र लक्ष्मी थिङ्ग ५५ केजी तौल समुहमा तृतीय हुन सफल भएका छन् ।
मकवानपुर जिल्लामा क्योकुशिन करातेको विकास र बिस्तार मा उल्लेखनीय भुमिका रहेको भन्दै कार्यक्रममा क्योकुशिन कराते संघ मकवानपुरका अध्यक्ष बुद्धिनाथ न्यौपानेलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।