मकवानपुर, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) नगर कमिटि बैठकले हेटौँडा उपमहानगरपालिकाका १० वटै वडामा सदस्य तथा संगठन विस्तारका लागि नेता कार्यकर्ता परिचालन गरेको छ ।
कमिटिका कार्यवहाक अध्यक्ष विष्णु लामाको अध्यक्षतामा बसेको बैठकले पार्टीको सदस्यता तथा संठन विस्तार अभियान २०८० कार्यान्वयन तथा माघ २५ गतेदेखि चैत २० गतेसम्म १९ वटै वडामा अभियान सम्पन्न गर्न नेता कार्यकर्ता परिचालन गरेको हो । बैठकमा वडा तहका पार्टी अध्यक्ष सहित नगर कमिटिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
बैठकका प्रमुख अतिथि पार्टीका स्थायी समिति सदस्य ललित बस्नेत, केन्द्रिय सदस्य तथा जिल्ला ईञ्चार्ज मुनु सिग्देल, जिल्लाका अध्यक्ष विष्णु दाहाल, जिल्ला सचिव ध्रुव भुजेल, जिल्ला कमिटि सचिवालय सदस्य किशोर बर्तौला, जिल्ला कमिटि उपसचिव किशोर टण्डन लगायतको उपस्थिति रहेको थियो ।
बैठकले नगर खेलकुद समिति सदस्य संगिता केसी र यज्ञ रोयलाई नगर खेलकुद विकास समितिको सदस्य मनोनित भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेको थियो ।











