मकवानपुर, १३ फागुन । पर्साको वीरगंज महानगरपालिका-१६ रजतज्यन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित हेटौँडाका १ जना युवक पक्राउ परेका छन् ।
३ ग्राम ९७ मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका-७ बस्ने २४ वर्षीय नबिन सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो । । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।










