मकवानपुर, १४ फागुन । नक्कली जस्तो देखिने १ हजार दरको ६ थान नोटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-१२ कपन बस्ने रामेछाप घर भएका १९ वर्षीय किशोर र मकवानपुर घर भएका १९ वर्षीय किशोर रहेका छन् ।
प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले रामेछापका किशोरलाई १ हजार दरको ३ थान उक्त नोटसहित पक्राउ गरेको थियो । थप अनुसन्धान गर्ने क्रममा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ निलो माईक्रो पार्कबाट मकवानपुरका किशोरलाई समेत १ हजार दरको ३ थान उक्त नोटसहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










