मकवानपुर, १८ फागुन । हेटौँडेली कलाकार सुन्दर धितालको अभिनय रहेको नेपाली चलचित्र रङ्गेली देशभरका सिनेमाहलहरुमा प्रर्दशनमा आउन लागेको छ । चलचित्र फागुन २५ गतेबाट प्रर्दशनमा आउन लागेको हो । हेटौँडा ५ भैरवरोड निवासी धितालले अर्जुन सुवेदीको निर्देशन रहेको उक्त चलचित्रमा डेव्यु गरेका हुन् । चलचित्रमा उनको भुमिका खलनायकको रहेको छ ।

चलचित्रमा पावर एन्ड फियरको बिषयलाई उठान गरिएको छ । चलचित्रमा मुख्य अभिनय भने दयाहङ राई,मिरुना मगर, अर्पण थापा लगायतको रहेको छ । उक्त चलचित्रको ट्रेलर एक साता अघि ओआरयस डिजिटल मार्फत युटुवमा सार्वजनिक भइसकेको छ । नव प्रवेशी कलाकार धितालले फागुन २५ गते देशभर प्रर्दशन हुन लागेको चलचित्र हेर्न सबैलाई आग्रह गरेका छन् ।

एक दशकभन्दा बढी समयदेखि अभिनय र निर्देशनमा समर्पित धितालले मनोरञ्जन क्षेत्रमा गतिशील र बहुआयामिक करियरको विकास गरेका छन् । नाटकहरूमा दुई उल्लेखनीय भूमिकाहरूबाट उनको अभिनय यात्रा सुरु भएको थियो । निर्देशनमा परिवर्तन गर्दै उनले आफ्नो रचनात्मक दृष्टि र नेतृत्व कौशल प्रदर्शन गर्दै एक आकर्षक नाटक निर्माणको नेतृत्व गरे । आफ्नो नाटकीय प्रयासहरूको साथसाथै सुन्दरले ४० भन्दा बढी सर्ट फिल्महरू र १० म्युजिक भिडियोहरू मा अभिनय गरेका छन् ।