मकवानपुर, २१ फागुन । मकवानपुरको हेटौँडा १० राप्ति पुल नजिकैको राप्ति बाईपास सडकको स्ल्याब ढलान शिलान्यास गरिएको छ । बागमती प्रदेश सांसद एकालाल श्रेष्ठले सडक शिलान्यास गरेका हुन् ।

हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा र वडा नम्बर १० अध्यक्ष फुर्वादोर्जे तामाङको आतिथ्यतामा शिलान्यास कार्यक्रम भएको उपभोक्ता समितिकी फुलमाया गुरुङले जानकारी दिईन् ।

सहरी विकास तथा भवन कार्यालय बागमती प्रदेश हेटौँडाबाट प्राप्त २४ लाख रुपैयाँ तथा उपभोक्ता समितिबाट २ लाख ६४ हजार ३ सय ५१ रुपैयाँ गरी कुल २६ लाख ६४ हजार ३ सय ५१ रुपैयाँ लागतमा सडक स्ल्याब ढलान थालिएको हो ।

स्ल्याब ढलान २०८१ बैशाख ३० गतेसम्म सकिसक्नुपर्ने म्याद रहेको छ ।