मकवानपुर, २२ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेबाट एक जना युवक पक्राउ परेका छन् ।

रौतहटको माधवनारायण नगरपालिका १ बस्ने २७ वर्षीय महेश कुमार यादवलाई प्रहरीले लागुऔषध गाँजा करिब २ केजीसहित सोमबार पक्राउ गरेको हो ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले ना ६ ख ३५५७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।