मकवानपुर, २४ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामालाई काठमाडौँमा सम्मान गरिएको छ । ११४ औँ अन्तरष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज आयोजित एक कार्यक्रममा चन्द्रलोक प्रतिष्ठानद्वारा मेयर लामालाई सम्मान गरिएको हो ।
महिला हिंसा तथा चेलिबेटी बेचबिखन विरुद्ध योगदान पुराएकोमा मेयर लामालाई नारी सम्मान कार्यक्रममार्फत सम्मान गरिएको जनाइएको छ ।
कार्यक्रमका अवसरमा महिला हिंसा तथा चेलिबेटी बेचबिखनका विरुद्धमा निर्मित सन्देशमूलक लघु नाटक ‘चेतना’ को विशेष प्रदर्शनी एवम् नारी सम्मान कार्यक्रमका साथमा बृहत साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।