
मकवानपुर, २९ फागुन । मानवसेवा आश्रम मुख्य सेवा केन्द्र हेटौँडाले मुठ्ठी दान संकलन गरेर एकदिनमा १० हजार ४ सय २५ रुपैयाँ नगद रकम सहित खाद्यान्न संकलन गरेको छ ।
हेटौँडा उपमहानरपालिका ९ लामसुरेधाप क्षेत्रमा दान संकलन गरिएको थियो । सहयोग संकलन कार्यक्रममा टोलविकास समिति लगायत लामसुरेधापकाका स्थानीयहरुको उपस्थितीका रहेको थियोे ।
लामसुरेधापवासीहरुले आफ्नो आफ्नो स्वईच्छाले खाद्यन्न,, तरकारीका साथै नगद दान गरेका थिए ।
मानवसेवा आश्रम मुख्य सेवा केन्द्र हेटौँडामा हाल १ सय ९७ जना व्यक्तिहरुले आश्रय लिईरहेको आश्रमले जनाएको छ ।