मकवानपुर, ३० फागुन । मकवानपुरको भिमफेदी गाउँपालिका-२ स्थित भैंसेबाट अवैध लागूऔषध चरेश करिब १५ किलोसहित धादिङ गजुरी गाउँपालिका-८ बस्ने ३१ वर्षीय प्रशान्त तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय भिमफेदी र प्रहरी चौकी भैसे मकवानपुरबाट खटिएको प्रहरीले भैसे चेकपोष्ट स्थित सडकमा बा.प्र-०२-०२०प ८८३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक तामाङलाई उक्त चरेशसहित पक्राउ गरेको हो ।

उनलाई मकवानपुर जिल्ला अदातलबाट दिन ७ को म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।