मकवानपुर, ३० फागुन । मकवानपुरको हेटौँडा ४ कर्रास्थित श्रमिक माध्यमिक विद्यालयमा नयाँ भवनको शिलान्यास गरिएको छ । हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले बुधबार भवन शिलान्यास गरेकी हुन् ।

संघीय सरकारको लगानीमा बहुवर्षीय योेजनाको रुपमा ४ तल्ले भवन निर्माण कार्य सुरु भएको हो । कुल १६ कोठाको शैक्षिक भवन निर्माणका लागि चालु शैक्षिक सत्रमा विनियोजित बजेटबाट जग र पहिलो तल्लाको ढलानसम्मको कार्य हुने बताइएको छ ।

भवन शिलान्यास कार्यक्रममा शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा अन्य प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।