मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा महिलाहरुका लागि कृष्टल माला तथा गरगहना बनाउने तालिम शुरु भएको छ । नव जागरण नेपालले हेटौँडा ११ का महिलाहरुलाइ कृस्टल माला तथा गरगहना बनाउने तालिम दिन शुरु गरेको हो ।

हेटौंडा ११ की वडाअध्यक्ष जुना दाहालले तालिमको उद्घाटन गरेकी थिईन् । वडा नम्बर ११ कार्यालयको सहयोगमा संचालित तालिममा वडास्थित सरस्वति टोलदेखि स्मारक सम्मका ९ वटा टोल विकास संस्थाका २० जना महिलाहरु सहभागी छन् ।

तालिम नव जागरण नेपालकी अध्यक्ष निर्मला बतौएलाको सभाध्यक्षता तथा वडाअध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा शुरु भएको हो । यही जेठ १७ गते सम्म चल्ने तालिममा बिमला लामाले सहजीकरण गर्ने जनाइएको छ ।