मकवानपुर, १६ जेठ । विश्व वातावरण दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा र्याली गरिएको छ । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ११ को आयोजनामा गरिएको र्यालीमा २३ वटा टोल विकास संस्थाले भाग लिएका थिए ।

वडा नम्बर ११ को कार्यालयदेखि शुरु भएको र्यालीले नवलपुरहुँदै थानाभर्याङ परिक्रमा गरी सिमलटारको सहकारी भवनमा पुगेर सभामा परिणत भएको थियो । हेटौंडा उपमहानगर पालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने टोल विकास संस्थाहरुलार्इ पुरष्किृत समेत गरिएको थियो ।

पुरष्किृत हुने टोल विकास संस्थामा प्रथम सिमलटार टोल विकास संस्था , दोस्रो शान्ति चोक टोल विकास संस्था , तेस्रो झोलुङ्गेपुल टोल विकास संस्था थिए भने सुर्योदय टोल विकास संस्था र लालिगुराँस टोल विकास संस्था ल सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष जुना दाहाल,वडा सदस्यहरु विकास नेपाल, सन्जय बिडारी, गोपिनी सापकोटा, गीता सुनार, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्यको सभाध्यक्षतामा भएको थियोे ।