मकवानपुर । मकवानपुरको हेटौंडामा ५२ औं विश्व वातावरण दिवसका अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा विविध कार्यक्रमको आयोजना गरी करिब २ दर्जन व्यक्तिहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा टोल विकास स्थापना, गठन र परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने पूर्व कार्यकारी अधिकृत सुदर्शन ढकाललाई टोल विकास संस्था सम्मान र वातावरण संरक्षण र अभियान संचालनमा महत्वपूर्ण योगदान पुर्याए बापत नवजिवन ज्योति क्लब, हेटौंडा–६ लाई वातावरण सम्मान २०८१ द्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा शव वहान चालक हरीप्रसाद ढकाल, सवदाह मेशिन अपरेटर अ‍ौतार तितुङ, बजार सफाईकर्ता सानुमैया देउला, चुनुमाया देउला, आशामाया देउला, वारूणयन्त्र फायर मेन सन्तोष ठकुरी, सफाईकर्ता अमृता ठकुरी, अमृता शिकारी, मेडिकलजन्य फोहोर रिक्सा चालक ईन्द्र बहादुर पाख्रीन, हेटौंडा अस्पतालको शव पोस्टमार्टम कर्ता हाकु देउला, सेफ्टी ट्याङ्की चालक बाबुलाल पाख्रिन, सफाईकर्ताहरू गोपाल मोक्तान, जवान सिंह वाईवा, प्रमिला स्याङतान, पानस चेपाङसहित १५ जनालाई नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा सप्ताहव्यापी रुपमा आयोजना भएका विभिन्न कार्यक्रममा उत्कृष्ट हुने प्रतियोगीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा उत्कृष्ट र्यालि पुरस्कारतर्फ मनकामना टोल विकास संस्था ९ख० हेटौंडा–८ प्रथम, सिमलटार टोल विकास संस्था हेटौंडा–११ दोश्रो, विकास टोल विकास संस्था हेटौंडा–८ तेश्रो, कालिकामाई विकास संस्था हेटौंडा–८, सामुदायिक विकास तथा सचेतना नेपाल र स्वर्गद्वारी महिला नौमती पच्चेबाजा समूह हेटौंडा– १, रक्षादेवि टोल विकास संस्था, हेटौंडा–६, नेवा सास्कृतिक पुच, हेटौंडा–२ सान्तवना भएका छन ।