
मकवानपुर, १ असार । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौँडा अस्पताललाई अलग गर्न माग गर्दै बागमती प्रदेश सभा अगाडि आज विरोध प्रदर्शन भएको छ ।
नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र माओवादी केन्द्रका युवाहरुले प्रदेश सभा भवन अगाडि प्रदर्शन गरेका हुन् ।
तीन दल आवद्ध युवाहरुले कालो व्यानरसहित नाराबाजी गर्दै विरोध जनाएका थिए । बागमती प्रदेश सरकारले अस्पताललाई नीजिकरण गर्न खोजेको भन्दै त्यसको खुलेर विरोध गरेका थिए ।
उनीहरुले सार्वजनिक सम्पत्तिलाई निजीकरण गर्न बन्द गर,अस्पताललाई स्मारक बनाउन बन्द गर, क्याबिनेटको निर्णय मान्य हुन्न जस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका थिए।