केदार प्रसाद चौँलागाई, मकवानपुर, ९ असार । हेटौँडा ६ रंगशाला गौरिटारमा रेसुङ्गा युवा क्लबको नव निर्मित भवन उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामा र विशिष्ट अतिथि एवम् बागमती प्रदेश खेलकुद सदस्य सचिव सुर्यलाल भण्डारीले पानसमा बत्ति बालेर भवनको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा विशेष अतिथि हेटौँडा ६ का वडाका वडा अध्यक्ष विष्णुबहादुर दाहाल, हेटौँडा १६ का वडा अध्यक्ष रामकृष्ण कोइराला, हेटौँडा १५ का वडाअध्यक्ष सुनिल मुक्तान, हेटौँडा ७ का वडा अध्यक्ष दामोदर गौतम, हेटौँडा ६ का निवर्तमान अध्यक्ष अर्जुन प्रसाद चौलागाईं,हेटौँडा ६ का वडा सदस्य सरिता सापकोटा, बिजय पौडेल, लेखराज ढकाल, समाजसेवी गुञ्जबहादुर न्यौपाने, नारायणी दुग्ध उत्पादक सहकारी सँस्थाका सचिव कृष्ण प्रसाद दुलाल, नवजीवन ज्योति क्लबका अध्यक्ष राजकुमार बास्तोला, टोल विकास समन्वय समिति हेटौँडा ६ का अध्यक्ष बासुदेव खतिवडा , विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार तिमल्सिना , मन्दिर व्यवस्थापन समितिका अध्यक्ष,राजु नेपाल, क्लबका आजिवन सदस्य, साधारण सदस्य ,कार्य समितिका पदाधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा लीला प्रसाद खतिवडाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संछालन संस्थाका सचिव पूर्णप्रसाद पोख्रेलले गरेका थिए ।