मकवानपुर, ११ असार । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित कर्रा चोकमा लागुऔँषध सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरिएको छ । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुर जिल्ला कार्यालय पशुपतिनगरको आयोजनामा कार्यक्रम भएको हो ।
सामुदायिक प्रहरी सेवा केन्द्रका अर्थ सचिव नवराज कोइरालाको नेतृत्वमा भएको कार्यक्रममा सचेतनामूलक सूचना बजाई संदेश प्रवाह गर्नुका साथै पर्चा तथा पम्पलेट वितरण गरिएको थियो ।
कार्यक्रममा केन्द्रका पदाधिकारी, सदस्य, स्थानीय नागरिक, समाजसेवी, बुद्धिजीवीहरुका साथै पैदलयात्रीहरुले समेत सहभागिता जनाएका थिए ।










