मकवानपुर, १६ असार । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ मा रहेका ३८ विपन्न परिवारलाई जस्ता हस्तान्तरण गरिएको छ । हेटौँडा उपमहानगरपालिकाले उनीहरुलाई १२० बण्डल जस्ता वितरण गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाका कार्यवहाक नगर प्रमुख राजेश बानियाँ, वडा अध्यक्ष अनिल बानियाँ र प्रमुख प्रशासकिय अधिकृत सुर्यप्रसाद गौतमले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई जस्ता वितरण गरेका हुन् ।

केही दिन अघि नगर प्रमुख मीनाकुमारी लामाले उपमहानगर परिसरबाट स्थानियलाई उक्त जस्ता हस्तान्तरण गरेकी थिईन् ।