मकवानपुर, १७ असार । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ बसामाडीमा जंगली सल्ले च्याउ खाँदा एकैपरिवारका ५ जना बिरामी भएका छन् ।

हेटौंडा–१९ बसामाडी बस्ने वर्ष ३६ को श्याम बहादुर बल, वर्ष १६ की अनिता बल, वर्ष ११ को रेमन बल, वर्ष ७३ की फुलमाया र वर्ष ३४ को तुल बहादुर मोक्तान बिरामी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

उनीहरुको हेटौँडा अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ । मकवानपुर जिल्लामा पछिल्लो एक महिनाभित्र विषालु च्याउ खाँदा ३ जनाको मृत्यु भइसकेको छ ।