
मकवानपुर,१९ असार । । हेटौँडा उपमहानगरपालिका कान्तिराजपथममा पोलमा आगलागी हुँदा इन्टरनेट र विद्यूत सेवा प्रभावित भएको छ । बिहान करिब ७ः५० बजेको समयमा पोलमा एक्कासी आगलागी भएपछि विद्यूत र इन्टरनेट सेवा प्रभावित भएको हो ।
कान्तिराजपथबाट पारिजात पथ जाने मोडको पोलमा आगलागी भएपछि केहीबेर अवरुद्ध भएको विद्यूत करिब ३ घण्टापछि सुचारु भएको थियो । त्यस्तै अहिले पनि हेटौँडाका केही क्षेत्रमा इन्टरनेट सेवा प्रभावित अवस्थामै रहेको छ ।
अहिले पनि पारिजातपथ क्षेत्रमा आगलागीबाट प्रभावित भएका इन्टरनेट फाईबरहरुको मर्मत कार्य चलिरहेको छ । हेटौँडाका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुका कर्मचारीहरु अहिले पनि पोलमा चढेर इन्टरनेट सेवा सुचारु गर्ने प्रयास गर्दैछन् ।