मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुनेभएको छ । वडा नम्बर ८ का अनुसार यो वडा नगरमै पहिलो पटक बालमैत्रीय स्थानीय शासनयुक्त वडा घोषणा हुन लागेको हो ।

यही असार २९ गते वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिन लागिएको वडाकी सहजकर्ता रोजिता दंगालले जानकारी दिईन् । वडालाई बालमैत्री घोषणा गर्नका निम्ति पूरा गर्नुपर्ने ५१ वटा सुचकहरु पुरा गरिसकेको उनले बताईन् ।

आर्थिक वर्ष २०८०–८१ मा यस वडामा ८ र अन्य स्थानबाट ४ गरि १२ जना बालश्रमिकहरुको उद्धार गरिएको छ, भने ४ वेपत्ता बालबालिकाको उद्धार र ३ वटा बालबिवाह रद्ध गरिएको सहजकर्ता दंगालले बताईन् । वडाभित्र १९ वटा टोलविकास संस्था र २१ वटा बालसमूह रहेका छन् ।