
मकवानपुर । आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा हेटौंडा १ स्थित राप्ती नदी तटमा रहेको हेटौंडा ब्यायाम पार्क परिसरमा सरसफाइ कार्यक्रम गरिएको छ ।
रामेछाप–काभ्रे मैत्री समाज मकवानपुर र बागमती प्रदेश प्रहरी गण हेटौंडाको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । काभ्रेमैत्री समाज मकवानपुरका अध्यक्ष मानबहादुर लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियोे ।
कार्यक्रममा प्रहरी निरीक्षक शोभन विक्रम राणा, प्रहरी निरिक्षक कैलाश चौधरी, परीक्षा बोर्ड शाखा प्रमुख कृष्णप्रसाद घिमिरे, समाजका सचिव शुक्रराज लामा , नगर प्रहरी बल, नगर वातावरण शाखा प्रतिनिधिहरु लगायतको उपस्थित रहेको थियोे ।