मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बाईपास सडकको राप्ती तट क्षेत्रमा विभिन्न फलफुलको बिरुवा रोपिएको छ । आज हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामासहितको टोलीले त्यस क्षेत्रमा फलफुलको बिरुवा रोपेका हुन् ।

राप्ति तट क्षेत्रमा एभोकाडो, लिच्ची,आँप, रुख कटहर र अम्बा सहितका बिरुवाहरु रोपिएको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ ।

कार्यक्रममा नगरप्रमुख लामासहित हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतम तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।